आज आश्विन १ गते श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय, बराहक्षेत्र-५ सुनसरीमा विश्वकर्मा पूजा हर्षोल्लासका साथ मनाइयो।
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ।[३] भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प सङ्काय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ।[४] यो उत्पादन-वृदि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कलप दिवस पनि हो। यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी इनजिनियरिङ संस्थामा धेरै नै हर्षोल्लासका साथ सम्पन्न हुने गर्छ। भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो। यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ।
यस पुण्य अवसरमा विद्यालयका दुईवटा स्कुल बस, पावर ट्रेलर , कम्प्युटर ल्याबका सम्पुर्ण कम्प्युटरहरु साथै कृषि बिज्ञानको प्रयोगशालाका औजारहरुलाई सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुद्वारा पुजा अर्चना गर्ने काम सम्पन्न गरियो ।
यस विशेष समारोहमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री पुस्कल पराजुली तथा सदस्य श्री चन्द्र बस्नेतको गरिमामय उपस्थिति रहेको थियो । सो अवसरमा कम्प्युटर शिक्षक श्री अनिल थापा , सहायक प्रधानाध्यापकद्वय श्री खड्ग बहादुर कार्की र श्री भिखन चौधरी , गणित शिक्षक लालु चौधरी , बिज्ञान शिक्षक श्री अन्जय स्याङ्दानको पनि उपस्थिति रहेको थियो । सहायक प्रधानाध्यापक श्री खड्ग बहादुर कार्की तथा वि. व्य. स. पदाधिकारीहरुद्वारा शिक्षक , कर्मचारी , बस स्टाफ तथा विद्यार्थीहरुलाई टीका,फुलप्रसाद वितरण गरे पश्चात् शुभकामना आदानप्रदान गरि समारोह सम्पन्न गरिएको थियो ।
लालु चौधरी
संयोजक
अभिलेखिकरण समिति
श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय
बराहक्षेत्र-५,सुनसरी
0 Comments