आज मिति २०८० आश्विन २८ गते बडा दशैं २०८०को पहिलो दिन पनि विद्यालय निर्धारित समयमै सन्चालन गरियो । गत आश्विन ३ देखि ५ गते शिक्षक महासंघको नेतृत्वमा भएको शिक्षक आन्दोलन्का कारण विद्यालय बन्द भई पठनपाठनमा प्रतिकुल असर परेकोले सोको सोधभर्ना गर्न बराहक्षेत्र नगरपालिकाका सम्पुर्ण विद्यालयहरु थप दुई दिन सन्चालन गरिने निर्णय बमोजिम श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय ,बराहक्षेत्र -५,सुनसरी सन्चालन गरिएको हो । दशैं तथा विजया दशमी , शुभ दिपावली तथा छठ पर्व -२०८० को पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम
गरियो ।
यसै अवसरमा प्रहरी चौकी बराहक्षेत्र-५ ले "प्रहरी -समुदाय साझेदारी " कार्यक्रम सन्चालन गर्यो ।
विद्यालय सरसफाइ संयोजक श्री रबिकिरण न्यौपानेको नेतृत्वमा विद्यालय परिसर सरसफाइ कार्यक्रम सन्चालन गरियो।
आजै विश्व हात धुने दिवस परेकोले सरसफाइ पश्चात् विद्यार्थीहरुले हात पनि धोई दिवस मनाएका थिए ।
बडादशैं २०८० को पुर्व सन्ध्यामा विद्यार्थीहरुलाई टीका लगाइ शुभकामना आदानप्रदान गरिएको थियो।
यसै अवसरमा शिक्षक अनिल थापाले नानी बाबुलाई टीक लगाई दिएर नोट बुक पनि प्रदान गरेका थिए ।
अन्त्यमा विद्यालयमा शैक्षिक गुणस्तर कायम राख्न विभिन्न छलफल र सम्पूर्ण शिक्षक ,विद्यार्थी , अभिभावक ,नेपाल र नेपाल बहिर रहेका सम्पुर्ण नेपालीहरुको सुख ,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गरियो।
0 Comments