आज मिति २०८० भाद्र २९ गते ५९ औं बालदिवसको अवसरमा श्री जगन्नाथ डेडराज जनता माध्यमिक बिद्यालयमा अतिरिक्त क्रियाकलाप संयोजक श्री उपासी राईको संयोजकत्वमा बादविवाद , नृत्य ,चित्रकला र अन्य विभिन्न कार्यक्रमका साथ सम्पन्न गरियो।
उक्त कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुको सकृय सहभागिता रहेको थियो । विभिन्न विदाहरुमा सहभागिता जनाइ क्रमशः प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्नुहुने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
"विज्ञान अभिशाप नभई बरदान हो ।" भन्ने शिर्षकको पक्ष र विपक्षमा विद्यार्थीहरुले गहकिला तर्क र खण्डन सहित आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको नतिजा निम्न बमोजिम रहेको थियो:-
१. प्रथम सन्जिता थापा ( कक्षा- १०)
२. द्वितीय रोजिना माझी (कक्षा -१०)
३. तृतीय प्रतीक राजधामी (कक्षा-९)
४. सान्त्वना सजिना बस्नेत (कक्षा-८)
यसैगरी " वालवालिकामा लगानी : सुन्दर भविष्यको थालनी " ५९ वालदिवसको राष्ट्रिय नारालाई फलिभुत गर्नका निम्ति कक्षा ३-५ का वालवालिकालाई चित्रकला प्रतियोगितामा सहभागी गराइयो ।
चित्रकला प्रतियोगिताको नतिजा निम्न बमोजिम रहेको थियो:-
कक्षा-३
प्रथम:- चेतना खतिवडा
द्वितीय :-रोशक चौधरी
तृतीय :- सिजन बस्नेत
कक्षा-४
प्रथम:-युनिका साह
द्वितीय :- रिश्म बस्नेत
तृतीय :-पार्वता राई
सान्त्वना :- पुजा थापा
कक्षा-५
प्रथम:-सृष्टि निरौला
द्वितीय :-केशव खडका
तृतीय :-स्मारिका चौधरी
सो अवसरमा कक्षा-६-७ का विद्यार्थीहरुले नृत्य प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।
नृत्य प्रतियोगिताको नतिजा निम्न बमोजिम रहेको थियो:-
प्रथम:- सुम्निमा राई (कक्षा-७)
1 Comments
Thanks !!!
ReplyDelete